न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय

2079-02-27

2079-02-27


यो ईलाका प्रशासनकार्यालय पुर्चौडी हांट बैतडी सुदुरपश्चिम प्रदेशको बैतडी जिल्लाको सदरमुकामबाट पुर्बमा ११० कि. मी.को दुरीमा भौगोलिकताको विकटता रहेको क्षेत्र हो । यस कार्यालयको स्थापना २०७३।०३ । ०५गतेका दिनमा भएको हो । यस कार्यालयबाट सार्वजनिक सेवा प्रवाह साविकको ११ वटा गाउं विकास समितिहरु र हालको पुर्चौडी नगरपालिकाको १० वटा वडाहरु र डिलासैनी गाउंपालिकाको ४ नम्बर वडा मठैराजलाई सेवा प्रवाह भइराखेको छ ।यस कार्यालयबाट ४०००० जनसंख्या भएको जनताहरुबैलाई सेवा प्रदान भइराखेको छ । यस कार्यालयको क्षेत्राधिकार भएको ठाउको सिमानाहरुमा पुर्वमा बझाङ्ग जिल्लाको बुंगल नगरपालिका र वित्थडचिर गाउंपालिका,उत्तरमा बैतडी जिल्लाको डिलासैनी गाउंपालिका ,पश्चिममा बैतडी जिल्लाको दोगडाकेदार गाउंपालिका र दक्षिणमा बैतडी जिल्लाको सिगास गाउंपालिका र सूर्नाया गाउंपालिका पर्दछ । यो कार्यालय जमाडी नदीको किनारमा रहेको छ । यस कार्यालयबाट सेवा लिने बासिन्दाहरुमा व्रामण, क्षेत्री,वैश्य र दलित जाति भित्र वसोवास गर्ने जातजातिहरुले लिई राखेका छन ।
यस कार्यालयमा सांगठनिक संरचनामा कुल दरबन्दि ७ वटा रहेका छन , अधिकृत १ एक जना , नायव सुब्बा २ दुई जना , सहलेखापाल १ एक जना , सहाक कम्प्युटर अप्रेटर १ एक जना र कार्यालय सहयोगि २ जना रहेका छन । यस कार्यालयको भौतिक संरचामा आप्ःनो भवन नभै घरभाडामा लिई संचालन भइराखेको र आधुनिक प्रविधिको पहुंचबाट टाढा रहेको छ , यस्तो अवस्थ हुदा हुदै पनि कार्यालयले आफुसंग भएको न्यून जनशत्ति , न्यन स्रोत साधनका वावजुत पनि सेवा प्रवाह सुचारु रुपमा संचालन गरिराखेको छ ।

 

पछिल्लो अपडेट गरिएको : 2083-01-14 21:45:30

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, पुर्चौडी, बैतडी .